सोमवार, श्रावण २५ गते २०८३

रवि लामिछानेको भारत भ्रमणको सरकारसँग साइनो छैन –सरकारका प्रवक्ता पोखरेल

सोमवार , जेठ ११, २०८३

काठमाडौँ । सरकारका प्रवकता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पार्टी सभापति रवि लामिछाने आफ्नै ढङ्गले भारत भ्रमणमा जान लागेको बताएका छन् ।

सोमबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको बताए ।

‘प्रधानमन्त्री भारत मात्र नजानुभएको होइन । अहिले विदेश कतै पनि गइराख्नुभएको छैन। अहिले हाम्रो पहिलो १०० दिनको कार्य व्यस्तता एकदमै धेरै छ । सुरुमा काममा अलिकति बढी हामी फोकस पनि छौँ । त्यसले सभापति आफ्नै ढङ्गले जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको त्यससँग केही पनि सम्बन्ध छैन’ पोखरेलले भने । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार