अख्तियार दुरुपया्ग अनुसन्धान आयोगले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित मणिसंगम माध्यमिक विद्यालयका शिक्षक कृष्णबहादुर खन्गाहाविरुद्ध भ्रष्टाचार मुद्दा दार गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर रोजगारीमा लागेको आरोपमा उनीविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । खन्गाहा प्राथमिक तह तृतिय श्रेणीका शिक्षक हुन् ।
आयोगका अनुसार खन्गाहाले भारतको नागाल्याण्ड बोर्ड अफ एजुकेसनबाट नककली प्रमाणप ल्याएर रोजगारीमा लागेका थिए । उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कावाहीको माग गरिएको आयोगका सहायक प्रवकता गणेशबहादुर अधिकारीले बताए ।