काठमाडौँ । सरकारले वर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले आर्थिक वर्ष २०८३\८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको प्रतिक्विटल तीन हजार ६६० रूपैयाँ र मध्यम धान प्रतिक्विनटल तीन हजार ८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्ण गरेको हो । कृषि, बन तथा पर्यावरण मन्त्रालयले रोप्नु अघि नै धानको समर्थन मूल्य निर्धारण गर्न सिफारिस गरेको थियो ।