सोमवार, श्रावण २५ गते २०८३

६ सांसदको सम्पत्ति छानबिन हुने

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । प्रतिनिधिसभाका ६ जना सांसदको सम्पत्तिमाथि छानबिन हुने भएको छ ।  तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएका कारण उनीहरुमाथि छानबिन हुने भएको हो । 


प्रतिनिधि सभाका सदस्यलाई १० जेठभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन भनिएको थियो । सम्पत्ति विवरण नबुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना र नेपाली कम्युनिष्ट पार्टीका १ जना सांसद रहेका छन् ।

तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउनेलाई १० हजार रुपैयाँ जरिबाना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने व्यवस्था छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार