सोमवार, श्रावण २५ गते २०८३

संविधान संशोधन बहसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा आयोग बनाउन कांग्रेसको माग

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधन बहसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका छन् । संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित रहन नहुने उनको भनाइ छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले संविधान संशोधन बहसका लागि पूर्वप्रधान न्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नुपर्ने बताए ।  उक्त आयोगमार्फत् राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन आयोजना गर्नु अत्यावश्यक रहेको उनले बताए । 

सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र कार्यदल गठन गरेको छ । त्यसतर्फ लक्ष्य गर्दै कांग्रेस सांसद केसीले संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित हुन नहुने बताएका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार