आइतवार, श्रावण २४ गते २०८३
कलेज प्रोफाइल

२९ वर्षदेखि निरन्तर अब्बल नतिजा पस्कँदै पिनाकल कलेज

मंगलवार , जेठ १२, २०८३

काठमाडौं ।  ललितपुरको लगनखेलमा रहेको पिनाकल कलेज २०५५ सालमा स्थापना भएको हो । यस कलेजले करिब २९ वर्षदेखि निरन्तर शैक्षिक सेवा प्रदान गर्दै आएको छ । स्थापना कालदेखि नै कलेजको नेतृत्वदायी भूमिका मानिने प्राचार्य पदमा रहनुभएका डा. ऋषि तिवारीका अनुसार यस संस्थाबाट उत्पादन भएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत निकै ख्याती कमाएका छन् । 

यो संस्था अहिले नेपालका उत्कृष्ट कलेजहरूमध्ये एकका रूपमा परिचित छ । सञ्चार तथा सामाजिक क्षेत्रमा क्रियासिल विभिन्न संस्थाहरुले यस कलेजलाई “टप टेन” शैक्षिक संस्थाभित्र रहेको भन्दै पुरस्कार तथा अन्य सम्मान समेत प्रदान गरिसकेका छन् । जसका कारण यस संस्थामा हरेक वर्ष विद्यार्थी आकर्षण बढिरहेको छ । र पछिल्लो एक दशकदेखि निरन्तर अब्बल नतिजा पनि पस्किरहेको छ । 

विशेषगरि यस शैक्षिक संस्थामा कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कानून तथा मानविकी समूहमा पढाई हुन्छ । प्राचार्य तिवारीका अनुसार अहिले कक्षा ११ र १२ मा मात्रै करिब १४०० विद्यार्थी अध्ययनरत छन् । 

शैक्षिक उपलब्धि

कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विशेषगरी  विज्ञान विषयमा लगभग १००% नतिजा आउने गरेको छ । अन्य विषय तथा समूहको नतिजा पनि उत्कृष्ट नै छ । विद्यार्थीहरूको उच्च शिक्षा तथा छात्रवृत्तिमा राम्रो उपलब्धि रहेको छ । पढाईसँगै अतिरिक्त क्रियाकलापहरू पनि उत्तिकै हुन्छन् यस संस्थामा ।  कलेजले पढाइसँगै विद्यार्थीहरूको प्रतिभा विकासमा विशेष ध्यान दिएको छ । 

विभिन्न खेलकुद तथा अतिरिक्त गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । फुटबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टनका विभिन्न प्रतियोगितामा यस शैक्षिक संस्थाबाट सहभागी विद्यार्थीले ृत्कृष्ट नतिजा पस्कदै आएका छन् । कलेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन भएका छन् । केही विद्यार्थीहरू नेपाली राष्ट्रिय टोलीसम्म पुगिसकेका छन् । 

कलेजको मूल्यांकन गर्दा निम्न सूचकहरूलाई आधार बनाइने गरिएको छ । कलेजले निम्न तथा मध्यम वर्गका विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरेको संकेत दिएको छ । जसले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शिक्षामा पहुँच बढाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।


यस संस्था अन्तर्गत विद्यालय तह (नर्सरी देखि कक्षा १२ सम्म), उच्च शिक्षामा स्नातक तह अन्तर्गत बिबिएस, बिबिएम, बिएस्सी माईक्रोबायोलोजी, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा इन फार्मेसीको पढाई भइरहेको छ । त्यस्तै, यस संस्थाले पिनाकल टे«निङ एकेडेमी पनि सञ्चालन गरिरहेको छ । 

पेशाप्रति लगनसिल शिक्षक तथा कर्मचारी, विद्यार्थीमैत्री शैक्षिक वातावरण, आ आफ्नो क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरुको नेतृत्वदायी भूमिका आदी यस संस्थाको दिगोपनाको मुखय आधार रहेको प्राचार्य तिवारीको भनाई छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार