काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लिखत किर्ते गरेको कसुरमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ पुर्जी जारी भएको पुष्टि गरे ।
अदालतका तहसिलदार देवराज भट्टराईले गत ८ जेठमै मेयर सिंहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिए ।