सोमवार, श्रावण २५ गते २०८३

मधेश प्रदेश मन्त्रिमण्डलले पायो पूर्णता

मंगलवार , जेठ १२, २०८३

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । लामो समयदेखिको रस्साकस्सी र मन्त्रालय बाँडफाँटको विवादपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे समझदारीपत्रमा लिखित सहमति भएपछि सरकार विस्तारको गाँठो फुकेको हो । नेकपा (माओवादी केन्द्र) ले अर्थ मन्त्रालयमा दाबी कायम राखेपछि सरकार विस्तारको मिति पटक–पटक तय भएर पनि स्थगित हुँदै आएको थियो । 

नयाँ सहमतिअनुसार सरकारलाई ९ सदस्यीय बनाउने भनिएपछि, सरकारले श्रावणपछि मात्रै सो सहमति कार्यान्वयनमा ल्याउने भनिएको छ । अहिले १० सदस्यीय रहेको मन्त्रिपरिषद्को आकार रहेको छ । मन्त्रालय बाँडफाँटमा कांग्रेसलाई ३ र एमालेलाई र नेकपालाई ४÷४ मन्त्रालय पाएको छ ।

साथै, सहमति अनुसार नेपाली कांग्रेसका कृष्ण प्रसाद यादवको सरकारलाई चुनावसम्ममै यो सरकारलाई निरन्तरता दिने सहमति पनि सत्तागठबन्धनमा भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार