काठमाडौं। रामेछापमा बिहीबार विहान जीप दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन्। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीमा दुर्घटनामा परेको हो।
जीप सडकबाट खसेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबा रहेका छन्। अर्का एक जनाको भने पहिचान नखुलेका जनाइएको छ। घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्।
उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ। प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।