बुधवार, आश्विन १४ गते २०८३

आज आर्थिक सर्वेक्षण सार्वजनिक हुँदै

बुधवार , जेठ १३, २०८३


काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२\८३ को आर्थिक सर्वेक्षण आज प्रतिनिधिसभामा पेश गर्नेछन् ।

सरकारले हरेक वर्ष बजेट सार्वजनिक गर्नुअघि मुलुकको समग्र आर्थिक अवस्था, राजस्व, उत्पादन, लगानी, व्यापार तथा अन्य आर्थिक सूचक समेटिएको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

अर्थमन्त्री वाग्लेले बिहीबार सार्वजनिक संस्थानहरूको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ । 


सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३\८४ को वार्षिक बजेट संघीय संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा आर्थिक दस्तावेजमाथि छलफल हुने भएको हो ।

बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सम्बन्धी सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गरिनेछ ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त विधेयकलाई चलचित्र क्षेत्रको नियमन तथा व्यवस्थापनसँग जोडेर हेरिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार