बुधवार, आश्विन १४ गते २०८३

युुद्धका कारण १ लाख ८७ हजार मेट्रिक टन रासायनिक मल समयमै भित्रिन सकेन : मन्त्री चौधरी

बुधवार , जेठ १३, २०८३

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल उत्पादन तथा आपूर्तिमा समस्या उत्पन्न भएको बताइन्।

बुधबार प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले मन्त्री चौधरीले  युद्धको कारणले मलको मूल्य वृद्धि हुनुका साथै सम्झौता भइसकेको १ लाख ८७ हजार मेट्रिक टन मल समयमै नेपाल भित्रिन नसकेको उल्लेख गरिन्।

चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेकोमन्त्री चौधरीले जानकारी दिइन । । त्यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल बिक्री भइसकेको जानकारी दिइयो। हाल विभिन्न गोदाममा १ लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ।
सरकारले लागत सहभागिताको आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको बताएकी छन्।

सरकारले असार मसान्तसम्म कुल ६ लाख मेट्रिक टन हाराहारीमा मल उपलब्ध गराउने लक्ष्य राखेको छ। उक्त परिमाण हालसम्मकै सबैभन्दा बढी हुने दाबी मन्त्रालयको छ।
मल अभाव समाधानका लागि सरकारले भारतसँग सरकार–देखि–सरकार (जिटुजी) प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको मन्त्री चौधरीले जानकारी दिइन्।

त्यस्तै, मलको सन्तुलित प्रयोग तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्न देशव्यापी सूचना प्रवाह अभियान सञ्चालन गरिएको छ। मल वितरणलाई सहज र पारदर्शी बनाउन “अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०८२” कार्यान्वयनमा ल्याइएको पनि मन्त्रालयले जनाएको छ।

स्थानीय तहका सहकारी संस्था तथा डिलरमार्फत पारदर्शी वितरण सुनिश्चित गर्न गृह मन्त्रालयसँग समेत समन्वय गरिएको जानकारी दिइएको छ।

यस्तै बीउ–बिजन गुणस्तर नियन्त्रण केन्द्रले आगामी आर्थिक वर्ष २०८२\ ८३ का लागि आवश्यक बीउको उपलब्धता सुनिश्चित गर्न आवश्यक तयारी गरिरहेको मन्त्री चौधरीले बताइन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार