काठमाडौं। एमाले विभाजनसंगै अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव कुमार नेपालले अपनाएको बाटो सही नभएको भन्दै एमालेमै फर्कन सुझाव दिएकी छन्। बिहीबार काठमाडौ जिल्ला एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी हुन्।
उनले माधव नेपाल आफुहरुको नेता भएको तर जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नु ठिक नभएको भन्दै फेरि समिक्षा गरेर फर्केर आउन आग्रह गरिन। उनले अगाडी भनिन्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ। पार्टी विभाजन गरेर फाइद हुन्न।’
उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेका लागि आजको आवश्यकता भनेको ‘सुदृढ नेकपा एमाले’ हुने भन्दै यसलाई बलियो र विचारयुक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन्।