आइतवार, आश्विन २५ गते २०८३

हामी रोष्टममा नारा लाइरहँदा मन्त्री गुरुरु कुदेर गाको देखेको छैन : ओली

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं। एमाले विभाजनपछि निरन्तर गठबन्धन सरकार र नेता माधव कुमार नेपालप्रति खनिँदै आएका नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजपनि सरकार र नेता नेपालप्रति टिखो व्यंग्य गरेका छन्। 

सरकारले बजेट पास नगर्दा सरकारी खर्च रोकिएको छ। यसको कारण सरकारले एमाले रहेको भनेको छ। तर एमालेले सरकारकै हेलचेक्र्याईका कारण यस्तो अवस्था आएको बताएको छ। त्यस्तै अध्यक्ष ओलीले काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै आज संचारमाध्ययमा एमालेका कारण बजेट रोकिएको भनेको सुनेको भन्दै उनले हामी रोष्टममा नारा लाइरहँदा मन्त्री गुरुरु कुदेर गाको देखेको छैन, भन्दै प्रश्न गरे।

उनले अगाडी भने, ‘रिले रेसमा जस्तो, ‘सभामुखले यो गर भन्ने अर्थमन्त्रीले गरेँ भन्ने। ‘सभामुखले यो गर भन्ने अर्थमन्त्रीले गरेँ भन्ने। सबै गर्न मिल्ने बजेट मात्रै पास गर्न नमिल्ने भन्ने प्रश्न समेत गरे। सरकारले ५ लाख गरिबलाई १० लाखका हिसावले अनुदान दिने कार्यक्रम ल्याएकोप्रति  व्यङ्य गर्दै ओलीले भने, उनिहरुसंग जो माग्न आउँछ त्यही गरिब हुन्छ।

ओलीले मानिसहरु गरिब छन् भन्ने मापदण्ड नभएको भन्दै उनले भने, दाई दशैँ खर्च चाहियो भनेर जो आउँछ उसले पाउछँ। किनभने माग्न त गरिबै त आउलान भन्दै अनुदान दुरुपयोग हुने व्यंग्य गरे। ओलीले नयाँ पार्टी गठन गरेको माधव कुमार नेपालसंग २/४ जना गएको तर त्यसको सत्तामा एमालेमा कति हो कति आएको बताए।

उनले एमाले विभजन नभएको तर केही चोइतिएको दोहोर्याए। उनले नेकपा एमाले अब आउने चुनावमा ठुलो पार्टीको रुपमा उडाउने समेत दावी गरे। उनले गठबन्धनप्रति चुनाव मा जाँदा होक्काँ–होक्काँ गर्दै जाने तर चुनाव सकिएपछि स्वाँस्वाँ मात्रै बाँकी हुने बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार