काठमाडौं। विवादकाबीच भएको कांग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्लामा फेरी चुनाव हुनुपर्ने माग भएको छ। क्रियाशिल सदस्यता विवादबाबीच सम्पन्न वडा तहको चुनाव नमान्ने भन्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेल समुहले फेरी चुनावको माग गरेको छ।
पौडेल समूह सो माग लिएर पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेको छ। काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेताहरु सानेपा पुगेका हुन्।
सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुन: चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ। तर अन्य स्थानमा निष्पक्षताका सन्दर्भमा कडाइ गर्न आफूहरु प्रतिबद्ध रहेको समितिले पौडेल समूहलाई प्रतिबद्धता जनाएको छ।