काठमाडौं । सर्लाहीको कविलासी नगरपालिका वडा नं. ७ ले आफ्नो क्षेत्र भित्रका विद्यालयमा पढाउने शिक्षकको क्षमता मूल्यांकन गर्न आफै परीक्षा लिने भएको छ ।
शिक्षक सेवा आयोगको परीक्षामा उत्तिर्ण भएर स्थायी नियुक्ति लिएका शिक्षकको समेत नगरपालिका आफैले परीक्षा लिन लागेपछि चौतर्फि विरोध भएको छ ।
उक्त नगरपालिका क्षेत्रका अभिभावकहरुबाट आएको निवेदन र शिक्षकहरुको पढाउने क्षमता कमजोर रहेको प्रशस्तै गुनासो समेत आएका कारण परीक्षा लिन लागिएको उक्त नगरपालिकाका वडा नं. ७ का निमित्त वडाअध्यक्ष विष्णुनारायण झाले बताए ।
नगपालिकाले आगामी असार १५ गते परीक्षा सञ्चालन गर्ने जनाएको छ । परीक्षामा सहभागी हुँदा वडा कार्यालयले शिक्षकलाई शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र अनुभवको प्रमाणपत्र लिएर आउन भनेको छ ।