काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने बताएका छन्।
पोखरामा प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले ‘समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले रहेको बताए।
उनीहरु एमालेभन्दा बाहिर बस्न नसक्ने भन्दै एमाले सिक भएर फर्किने दावी गर्दै भट्टराईले वरिष्ठ नेता नेपालसहितको एमाले बनाउन आफूहरुले धेरै प्रयास गरेको बताए। उनले माधव नेपालले नै नमानेर एमालेबाट हिँडेको बताए।
सबै नेता, कार्यकर्ता कोही व्यक्तिको पछाडि नलाग्ने भट्टराईले बताए। सुरुमा नेपाल खेमामा रहेका र अन्तिम समयमा ओली खेमामा गएका भट्टराईले आफूहरुले माधव नेपाललाई धोका नदिएको बताए।