आइतवार, श्रावण २४ गते २०८३

रविलाई भारतमा भव्य स्वागत, मंगलबार भेटवार्तामा व्यस्त

मंगलवार , जेठ १९, २०८३

काठमाडौँ । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न भेटघाट गर्ने भएका छन् ।


लामिछानेले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तालिका छ ।

भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार