सोमवार, श्रावण २५ गते २०८३

अझै सुरू हुन सकेन  सदन

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने अडान कायमै राखेका छन्।

विपक्षीको अडानकै कारणले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।

सदनको अवरोध हटाउनबारे रास्वपाका मुख्य सचेतकले अहिले विपक्षी दलसँग संवाद गरिरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए। उनले आफूहरूको माग यथावत् रहेको बताए।

प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने र विवादित अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको अडान छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार