शुक्रवार, आश्विन २३ गते २०८३

सीके राउतको जनमत पार्टीका ३ कर्मचारी कार्यकारिणी सदस्यलाई राजिनामा निर्देशन

शुक्रवार , आश्विन १, २०७८

काठमाडौं। सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिमा कर्मचारीलाई प्रतिवन्ध लगाएको छ। पार्टीले जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको छ। 

जनकपुरमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जागिरदार रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई असोज २६ गतेभित्र राजीनामा दिन निर्देशन दिएको हो।

सो पार्टीको केन्द्रीय कार्यकारिणी समिति १५ सदस्य छन्। तीमध्ये ३ जना जागिरे छन्। केन्द्रीय कार्यकारिणी सदस्यद्वय नरेन्द्र चौधरी र दीपककुमार साह इन्जिनियर हुन् भने सुरेन्द्र यादव कतारमा जागिरे छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार