काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको पार्टी अवैध भएको आरोप लगाएका छन्। नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अवैध ढंगले निर्वाचन आयोगमा दर्ता भएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीलाई अवैध रहेको बताए।
सरकारप्रति खनिँदै आएका ओलीले सरकारमा रहेका पाँच दलीय गठबन्धनलाई फ्रिजबाट झिकेको आइसजस्तै भएको टिप्पणी गरेको छन्। उनले भने, ‘यो जनताबाट निर्वाचित भएको आएको सरकार होइन। हाम्रो देशकै सबैभन्दा ठूलो पार्टी हाम्रो हो।
हामीले संविधान निर्माण र कार्यन्वयनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’ पाँच दलीय गठबन्धनमा सामेल भएका दलहरू एमालेसँगै डराएर चुनाव भनेपछि तर्सिने गरेको तर्क गरे।