काठमाण्डौ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको ६ घण्टामा सबैभन्दा बढी मधेश प्रदेशको बारामा ६३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यसै गरी चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाण्डौ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ । आज देशभर बदली भई कोशी, बागमती गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।
भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ । भारतमा जुन ४ मा मनसुन प्रवेश गरेकाले नेपालमा पनि ३र४ दिनमै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ ।