आइतवार, श्रावण २४ गते २०८३

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बुधबारबाट गतिरोध हटेको संसद्को बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । 

आगामी आर्थिक वर्ष २०८३\०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल जारी रहने भएको हो । 

बैठकमा आजै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । 

अर्थमन्त्री डा.वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री  वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार