शनिवार, आश्विन २४ गते २०८३

पोखरा पुगेका माधव नेपालले सरकारमा सहभागी हुनेबारे यसो भने

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु केन्द्रसंगै प्रदेश सरकारमा समेत सहभागी हुने तयारी गरीरहेको बताएका छन्। आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एक हप्ताभित्र सरकारमा सहभागी हुने बताए।

अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको कार्यत्रर्तालाई जानकारी दिए। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेपछि ओलीको तारो बनीरहेका नेता नेपाल पनि एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र ओली सरकारप्रति खनिने गरेका छन्। 

उनले भेलालाई सवोंधन गर्नेक्रममा ओली सरकारले पहिले आसेपासेलाई लगेर नियुक्ति गरेको, क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको बताए। आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएकोमा ति सबैबाट मुक्त भएर आफुहरु समुचित ढंगले व्यवस्थापन गरीरहेको दावी गरे।

उनका अनुसार प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेकोले प्रदेश सरकारमा पनि एक हप्ताभित्र सरकार हटाएर आफुहरु सरकारमा जाने उल्लेख गरे। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार