काठमाडौं। संखुवासभोको मादीमा भएको सामुहिक हत्याकाण्डमा हत्या आरोपित लोकबहादुर कार्कीका बाबुपनि पक्राउ परेका छन्। प्रहरीले हत्यामा संलग्न भएको आशंकामा थप चार जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ, जसमा लोकबहादुरका बुवा पनि छन्।
अनुसन्धानमा खटिएको संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको हो। नका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र अर्का एक जना छन्। रणबहादुर लोकबहादुरका बुवा हुन्।
उनिहरुबारे प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराउने भएको छ। यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई मुख्य आरोपित भनी सार्वजनिक गरेको थियो। तर, अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरिएको बताइएको छ।
घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको अनुसन्धानबाट खुलेको जनाइएको छ। हत्या गरिएकी बुहारी रञ्जना कार्कीको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि लोकबहादुरका भाइ पक्राउ परेका थिए। उनी समेतको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको उनले बताए। संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा भदौ २१ गते ६ जनाको सामूहिक हत्या गरिएको थियो।
तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती कमला, बुहारी रञ्जना कार्की, नाति विपीन कार्की र गोमा कार्कीको चिर्पटले हिर्काएर हत्या गरिएको थियो।