आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस महाधिवेशन: यी सात जिल्लामा आज हुदै छ वडा अधिवेशन

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सात वटा जिल्लामा आज वडा अधिवेशन हुदै छ।

विवाद टुंगिएका काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, कपिलवस्तु, बर्दिया र बाजुरामा मात्रै आज वडा अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिए। १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद कायमै रहेकाले असोज ९ गते गर्ने भनिएको स्थानीय तहको अधिवेशनसमेत प्रभावित हुने देखिएको छ।

असोज ५ गतेभित्रमा सबै स्थानीय तहको वडा अधिवेशन सम्पन्न गर्ने गरी भदौ २५ गते महाधिवेशन कार्यतालिका संशोधन गरिएको थियो। तर हिजो साँझसम्ममा वडा अधिवेशन गर्न बाँकी रहेका २० जिल्लामध्ये १३ जिल्लाको विवाद टुंगिन सकेको छैन्। आजसम्ममा वडा तहको अधिवेशन सम्पन्न गर्नुपर्ने नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित बनेको छ। 

संशोधित तालिकाअनुसार असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १५ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गते तथा केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार