आइतवार, श्रावण २४ गते २०८३

सरकारी दाबी –शासकीय सुधारको १०० कार्यसूचिमध्ये ७० वटा कार्यान्वयन

शनिवार , आषाढ २०, २०८३

काठमाडौ । सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधासम्बन्धी १०० कार्यसूचिमध्ये ७० वटा कार्यान्वयन भएको दाबी गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्व सरकार गठन भएपछि शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको थियो ।

जसमध्ये ७० वटा बुँदा कार्यान्वयन हुँदा कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको पनि उनले बताए । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै  पोखरेलले सय बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको जानकारी दिए । 

उनका अनुसार १७ बुँदाको प्रगति ८० प्रतिशत माथि छ भने १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ ।

वर्तमान सरकारले गत चैत १३ गते समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यसहित नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार