आइतवार, श्रावण २४ गते २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा एक खर्ब १७ अर्ब बिगो दाबी

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । वर्तमान सरकार गठन भएपछि दायर भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा एक अर्ब १७ अर्ब रुपियाँ बिगो दाबी गरिएको छ ।

यसबिचमा एक सय एक जनाविरुद्ध यस्तो मुद्दा दायर गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए । 


उनका अनुसार यसबिचतमा सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा राज्यकोषको दोहन तथा नीतिगत सेटिङमा संलग्न भएका व्यक्तिहरूलाई वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा कानुनी दायरामा ल्याउने काम तीव्र रूपमा अघि बढाइएको छ । 

सरकारले भ्रष्टाचार नियन्त्रणलाई शून्य सहनशीलताको नीति अवलम्बन गरेको पनि उनले बताए। उनले भने, ‘धितोपत्र बोर्ड ऐन, २०६३ बमोजिम कसुर मुद्दामा संलग्न व्यक्तिहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआबी)बाट अध्ययन अनुसन्धान जारी राखिएको छ।

यस्तै बैङ्किङ कसुर मुद्दामा सङ्लन व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याइएको छ।’

भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन बैङ्क खाता डिजिटल वालेट, सेयर लगानी तथा अन्य वित्तीय गतिविधिलाई समेटेर एकीकृत डिजिटल सम्पत्ति लगत स्थापनाको प्रक्रिया सुरु भएको समेत बताए।

अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंकको समन्वयमा यस प्रणालीको विकास र सञ्चालनको मोडालिटी तयार भइरहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार