आइतवार, आश्विन २५ गते २०८३

एकीकृत समाजवादीको महासचिव को बन्दै छ?

बुधवार , आश्विन ६, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको छ।  आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्ताव पारित भएको छ। छलफलको लागि निर्माण गरेको ५ समूहको सुझावको आधारमा अध्यक्ष नेपालको प्रतिवेदन पास भएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार