आइतवार, आश्विन २५ गते २०८३

नेकपा एकीकृत समाजवादीको महासचिव को होला ?

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आज महासचिव चयन गर्न लागेको छ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा भएपछि बैठक एक दिन पछि धकेलिएको हो। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहेनन्। 

बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुंगो लगाउने खतिवडाले बताए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार