आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गदै

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने उक्त संवादमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ।

छलफलमा निर्माण क्षेत्रका विद्यमान समस्या, आयोजना कार्यान्वयनमा देखिएका व्यवहारिक चुनौती, भुक्तानी, ठेक्का व्यवस्थापन, नीतिगत सुधार तथा निर्माण व्यवसायलाई थप सहज र प्रभावकारी बनाउने उपायबारे केन्द्रित भएर छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार