आइतवार, आश्विन २५ गते २०८३

प्रतिनिधि सभा बैठकमा एमालेले आज अवरोध गर्ला कि नगर्ला?

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। प्रतिनिधिसभा बैठकको आज बस्दैछ। दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय भएको छ। आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुने छ। आजको बैठकमा राजनितिक दलसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकसमेत पेश हुन सक्ने सत्तारुढ गठबन्धनका एक नेताले बताए।

प्रतिनिधि सभाको जारी अधिवेशन सुरु भएपछिका सबै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ।अवरोधकैबीच सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहनुभएको छ। एमालेले आज पनि संसद अवरोध गर्ने जनाएको छ। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ।

उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ। एमालेले भदौ २३ गतेदेखि संसदमा निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ।

parliament.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार