आइतवार, आश्विन २५ गते २०८३

सत्तारुढ गठबन्धनको आजको बैठकले टुंगाउला त मन्त्रीको भागबण्डा?

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। हिजो बसेको बैठकले मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि आज पुन: बैठक बस्ने भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो। सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन्।

यसअघि पनि गठबन्धन दलको बैठक पटक पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन। गठबन्धन दलले मन्त्रालयको भागबण्डा टुंगो लगाई मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार