काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को महासचिव पद बेदुराम भुसालले पाउने भएका छन्। समाजवादीको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने सहमति गरेको हो।
समाजवादीको महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतको दावी थियो।