काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। आज अपरान्ह तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जनाकारी दिए।
बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ। यस अघि पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो।