आइतवार, श्रावण २४ गते २०८३

आत्मदाह प्रयासअघि नगर प्रहरी र गणेशबीच भएको थियो भनाभन

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गर्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी महिला नगर प्रहरीबीच भनाभन भएको पाइएको छ । उनीहरूबीच बाइक त्यहाँ रोकेको विषयमा भनाभन भएको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा नगर प्रहरीले त्यहाँ बाइक किन रोकेको भनेको सुनिन्छ । भिडियोमा गणेशलाई भने प्रष्ट देख्न सकिन्छ । उनले बाइकमा बसिरहँदा पनि लक किन लगाएको भनेर सोधेका छन् । नगर प्रहरीले उनलाई भन्या नमान्ने ? नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर माला लगाइदिने ? भन्दै प्रतिप्रश्न गरेकी छन् ।

आज गणेशको उपचारको क्रममा निधन भइसकेको छ ।

यस्तो छ उनीहरूबीचको भनाभन

महानगर प्रहरी– कहाजानु हुन्छ जानू ।
गणेश नेपाली– किन ?
महानगर प्रहरी – किन भागेर आ’को ?
गणेश नेपाली – कहाँ रोक्या थियो भन्नु न ?
महानगर प्रहरी – माथि रोक्याथ्यो
गणेश नेपाली – बाइकमा बस्दा लक लगाउँछ ?
महानगर प्रहरी – भन्या नमान्ने ? मिल्दैन भनेँ त मैले । के गर्नुहुन्छ भनेर किन भन्नुभयो ?
गणेश नेपाली – म हिँड्न लाको..
महानगर प्रहरी – मेरो मोबाइल झारेर किन भागेर आ’को
गणेश नेपाली – तपाईंले किन लक ल’गा तनि ?
महानगर प्रहरी – नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाए के लगाउनु?
गणेश नेपाली – कोले ?
महानगर प्रहरी– माला लाइदिने ?

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार