आइतवार, आश्विन २५ गते २०८३

एकीकृत समाजवादीमा कसलाई कुन पद (सूचीसहित)

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले महासचिवसहित पदाधीकारीहरुको टुङगो लगाएको छ। समाजवादील् पार्टीको महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ। 

यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाललाई प्रस्ताव गरिएको छ। उप महासचिवमा प्रकाश ज्वाला र डा. विजय पौडेल, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठलाई प्रस्ताव गरिएको छ। 

आज बस्ने बैठकले महासचिवसहित, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्नेछ। एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहनेछन्। यी सबै गरेर ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ।

यस्तै, केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहनेछन्। अध्यक्षमा माधव नेपाल र बरिष्ठ नेतामा झलनाथ खनाल यसअघि नै तोकिसकेको छ। मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार