आइतवार, श्रावण २४ गते २०८३

हरियो रङमै चल्ने भयो ‘ब्लु बस’

आइतवार , आषाढ २८, २०८३

काठमाडौँ। महिलाको सुरक्षित यात्राका लागि भन्दै सरकारले साझा यातायात मार्फत ‘ब्लु बस’ सञ्चालनको तयारी गरे पनि सेवा सुरुवातमा केही ढिला हुने देखिएको छ ।

सरकारले आर्थिक वर्ष २०८३÷०८४ को पहिलो दिन अर्थात साउन १ गते देखि सञ्चालन गर्ने भने पनि तयारी नपुग्दा सञ्चालनमा ढिलाइ हुने भएको हो । साझा यातायातको हरियो बसलाई रङ परिवर्तन गरेर ब्लु बस सञ्चालन गर्ने भनिए पनि सर्वत्र आलोचनापछि सरकार निलो रङ राख्ने निर्णयबाट ’ब्याक’ भएको छ ।

साझाको हरियो रङ परिवर्तन गरेर निलो रङ लगाउने विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको छ । साझा यातायातले हरियो रङका बसलाई निलो रङमा पोतेर सञ्चालन गरिने हल्ला सत्य नभएको जानकारी दिएको छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारेर चर्चा चलाइएको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार