काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी राष्ट्रिय हितमा नभएको भन्दै यथास्थितिमा पारित गर्न नसकिने बताएको छ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको समाजवादीले बताएको हो।
केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ। यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ।