आइतवार, आश्विन २५ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै, यी विषयमा हुनेछ छलफल

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। बैठक विहान ११ बजे बस्ने छ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।उनकाअनुसार बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार