आइतवार, आश्विन २५ गते २०८३

राष्ट्रियसभाको बैठक आज बस्दै, के छ कार्यसूची?

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। राष्ट्रियसभाको बैठक आज बस्दैछ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गर्ने सम्भावित कार्यसूची छ। 

यस्तै विधायन ब्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले अध्यागमन विधेयक २०७६ को प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दफावार फलफलका लागि विधायन ब्यवस्थापन समितिमा पठाउन खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजानिक लेख प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ प्रस्तुत हुनेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार