आइतवार, श्रावण २४ गते २०८३

आज चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज चिया उद्योगीहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्री कार्यालयमा बिहीबार बिहान सवा ११ बजे सुरू हुनेछ ।

प्रधानमन्त्री बालेनसँगको भेटमा चिया उद्योगीहरूले भोग्दै आएको समस्या र समाधानका उपायबारे छलफल गरिने उद्योगीहरूले बताएका छन् । वरिष्ठ चिया उद्यमी दीपक बास्कोटाको नेतृत्वमा पाँच जना चिया उत्पादक, उद्यमी तथा निर्यातकर्ताहरू प्रधानमन्त्री बालेनसँगको छलफलमा सहभागी हुनेछन् ।

पछिल्लो समय भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध बनेको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द भएका थिए ।

पछि प्रधानमन्त्रीले चासो राखेर समस्या समाधानका लागि पहल गरेसँगै चिया निर्यातले निरन्तरता पाएको थियो ।
प्रधानमन्त्री बालेनसँगको भेटमा उद्योगी व्यापारीहरूले यो विषयसँगै अन्य समस्या र समाधानका उपायहरू प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार