काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ । सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच वार्ता भएको थियो । वार्तामा सहमति जुटेसँगै सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
केही दिनअघि नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको कुटपिट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिम थप कारबाही अगाडी बढाउने सहमति भएको छ ।