बुधवार, आश्विन १४ गते २०८३

पहिरोले समुन्द्रटार–त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त

बिहिवार , श्रावण १४, २०८३

काठमाडौं । अत्यधिक वर्षासँगै गएको पहिरोका कारण समुन्द्रटार–त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ।

टावरमा क्षति पुगेपछि प्रसारण लाइन प्रभावित बनेको हो । टावर क्षतिग्रस्त बनेसँगै सोही प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत प्रवाह पावर इभाकुएसनमा कठिनाइ उत्पन्न भएको छ ।

​यद्यपि, प्रसारण लाइनमा समस्या आए पनि उपभोक्ताहरूका लागि भने विद्युत आपूर्ति नरोकिने नेपाल विद्युुत प्राधिकरणले जनाएको छ ।

प्राविधिक टोलीले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर ग्राहकलाई निरन्तर बिजुली उपलब्ध गराइरहेको जानकारी दिएको छ। क्षतिग्रस्त टावरको मर्मत तथा सुदृढीकरणको काम छिट्टै अघि बढाइने बताइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार