काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।
रास्ट्रको नाममा सम्बोधन गरे लगत्तै शाह शितलनिवास गएका हुन। सुनसरीलगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाका बीच प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार परिस्थितिप्रति पूर्ण रूपमा संवेदनशील रहेको बताएका थिए ।
उनले सामाजिक सद्भाव कायम राख्न, अफवाहमा विश्वास नगर्न तथा कानुन हातमा नलिन सबैलाई आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाह शीतलनिवास पुगेका हुन् । सो भेटवार्ताका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ।