काठमाडौं । पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रमा दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ ।
उद्धार अभियानको ग्राउन्ड टिमले दिएको जानकारी अनुसार पहिलो चरणमा हिम पहिरोमा परेर निधन भएको टोलीलाई क्याम्प–१ सम्म ल्याइनेछ । त्यसपछि सोमबार जापानी क्याम्पसम्म ल्याउने तयारी गरिएको छ।
ग्राउण्ट टिमका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सार्न सकिनेछ ।
दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने टोलीले जनाएको छ ।