शुक्रवार, आश्विन २३ गते २०८३

हाम्रो पार्टी गठन भएको एक महिनामै ओलीलाई धुलो चटायौं : माधव नेपाल

शनिवार , आश्विन ९, २०७८

काठमाडौं। पछिल्लो समय नेताहरु कुनैपनि कार्यक्रममा सम्वोधन गर्दा विपक्षीप्रति निकै खनिँदै आएका छन्। एमाले विभाजनपछि यो क्रमले झनै निरन्तरता पाएको छ। यस्तैमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले फेरी एक कार्यक्रमलाई सम्वोधन गर्दै केपी शर्मा ओली र एमालेप्रति खनिएका छन्।

ओलीलाई फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको भनी टिप्पणी गरेको नेपालले अबको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका छन्। 

शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको व्यक्ति कोही छैन। अबको चुनावपछि केपी ओलीको नेकपा एमाले कता छ? भनेर टर्च बालेर खोज्नुपर्छ।’ 

आफ्नो पार्टीले गठन भएको एक महिनामै केपी ओलीलाई धुलो चटाएको दाबी गरे। ओलीले एमालेलाई आफूसँगै दक्षिणपन्थीतर्फ लगेको आरोप लगाए। ओली व्यक्तिवाद र गुटवादमा रमाएको भन्दै दक्षिणपन्थी दिशामा लागेर विदेशीको अगाडि लम्पसार परेको समेत दाबी गरे। 

सुदूरपश्चिम र २ नम्बर प्रदेशमा केपी ओलीलाई पछि पारेर समाजवादी अगाडि बढिसकेको भन्दै ओलीको पार्टी र गुटलाई धुलोमा मिलाएको उनको भनाइ छ। प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई हटाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने नेपालले दाबी गरे। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार