काठमाडौँ । सुनसरीको कप्तानगञ्ज घटनाका अर्का एक घाइतेको पनि मृत्यु भएको छ । योसँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा मंगलबार घाइते रवीन्द्र मेहता (२२ वर्ष) को मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
हिन्दु र मुस्लिम दुई पक्षबिच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो ।
अर्का एक युवाको सिराहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।