आइतवार, श्रावण २४ गते २०८३

खुल्यो मुग्लिन नारायणगढ सडक

बुधवार , श्रावण २०, २०८३

चितवन । नारायणगढ मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । पहिरो पन्छाएसँगै सडक सुचारु भएको हो । 

बुधबार बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

वर्षाका कारण केही दिनयता यो खडकखण्ड प्रभावित हुँदै बएको छ । सडकखण्डका विभिन्न स्थानमा बेलाबेलामा सानो पहिरोसहित ढुंगा खस्ने क्रम जारी छ । मेसिनले पहिरो पन्छाउँदै सवारी साधन सञ्चालनमा ल्याउने गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार