आइतवार, श्रावण २४ गते २०८३

निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधारशिविरमा ल्याइयो

बुधवार , श्रावण २०, २०८३

 काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित चार  आरोहीको शव आधार शिविर ल्याइएको छ ।

दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसको पुष्टि गरेका हुन् । 

पाकिस्तानमा उद्धार अभियानको समन्वय गरिरहेका मिङ्माले सामाजिक सञ्जालमा लेखेका छन्, “अत्यन्तै दुःखी हृदयका साथ आज हामी पुष्टि गर्दछौँ कि अत्यन्तै चुनौतीपूर्ण उद्धार अभियानपछि हाम्रा संस्थापक निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव ब्रोड पिकबाट सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा आधारशिविरमा ल्याइएको छ ।” 

शव संकलन मिङ्‌मा जीको नेतृत्वमा भएको थियो । सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन ।

गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार