काठमाडौं। नेपाली कांग्रेसले सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। योसँगै कांग्रेसले ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ। अझै ८ जिल्लाको सदस्यता टुंगिन बाँकी छ।
त्यसलाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको छ। सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ। क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन।
क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको समितिले जनाएको छ। कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भइसकेको छ। शनिबार करिव ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको छ।